आईसिटिसि (ICTC) द्वारा र पछिल्लो दशकहरूमा व्यक्तिगत रुपमा आईसिटिसि (ICTC) समूहका निर्देशक शेयरधनी हरूले गरेका थुप्रै परोपकारी कार्यहरूको निरन्तरताको रुपमा सन् २०२० मा स्थापना गरिएको, आईसिटिसि (ICTC) राम रुकमणी परोपकारी निजी गुठी (IRRT), एक परोपकारी निजी गुठी हो र यो निम्न आय भएका, पिछडिएका, कमजोर, विपन्न, शारीरिक र मानसिकरुपले अक्षम; वृद्ध बेसहारा; टुहुरा, विपन्न बालिका; अनुसूचित जाति, दलित जस्ता पिछडिएका वर्ग जो धेरै निर्धन छन्; घरेलु दुर्व्यवहार र हिंसाको शिकारमा परेका विशेषत: महिला र बालबालिकाहरू; टर्मिनल बिरामीका पीडितहरू जो आधारभूत स्वास्थ्य सेवाको खर्च उठाउन सक्दैनन्, आदि लाई सहयोग प्रदान गर्ने कार्यमा यो गुठी केन्द्रित रहनेछ।
यस गुठीको नाम आईसिटिसि (ICTC) ग्रुप अफ कम्पनीका संस्थापक श्री रामलाल श्रेष्ठ र उनका श्रीमती रुकमणी देवी श्रेष्ठको सम्मानमा राखिएको हो । श्री रामलाल श्रेष्ठले सफलतापूर्वक नेतृत्व गर्दै कम्पनीलाई एउटा सानो स्टेशनरी पसलबाट अहिले नेपालको एउटा ठूलो व्यावासायिक घरानामा परिणत गर्न सफल भएका हुन् ।
यस समुहले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) व्यवसायको विकास जत्तिकै महत्वपूर्ण छ भनेर विश्वास गर्दछ; र यसैले आईसिटिसि (ICTC) राम रुकमणी सहायता निजी गुठी को संस्थापना समूह कम्पनीहरु / शेयरधनीहरु / निर्देशकहरुबाट कर्पोरेट सामाजिक उत्तरदायित्वका गतिविधि संस्थागत गर्न एक महत्त्वपूर्ण कदम हो ।
यस गुठीमा आईसिटिसि (ICTC) समुहका विभिन्न कम्पनीहरूका शेयरधनी/निर्देशकहरूको सक्रिय सहभागिता रहेको छ।
आईसिटिसि (ICTC) समूहको बारेमा: आईसिटिसि (ICTC) समूह वित्त, बीमा, पेय पदार्थ, पाँचतारे होटल विकास, घर जग्गा विकास, उपभोक्ता सामग्री उत्पादन र वितरण, निर्माण, सूचना र सञ्चार सेवा, सफ्टवेयर विकास, ईन्जिनियरिङ र व्यवस्थापन परामर्श सेवा, जलविद्युत विकास, तथा प्रचलित विदेशी कम्पनीहरुलाई नेपालमा प्रतिनिधित्व गर्ने जस्ता विभिन्न व्यवसायिक क्षेत्रहरुमा कार्यरत छ । आईसिटिसि (ICTC) समूह सन् १९७५ देखि ४५ बर्षको सफल व्यवसाय परिचालनमा छ । आईसिटिसि (ICTC) समूह को बारेमा अधिक जानकारी को लागी, कृपया www.ictc.com.np हेर्नु होला ।
१) शिक्षा, स्वास्थ्य, विपन्न, तथा गाँस बास कपासका समस्याहरु निवारण तथा रोजगारीका लागि सीप विकास मा निर्धन र वञ्चित लाई सहायता पुर्याउन।
२) वृद्ध र वृद्धाश्रम, अनाथ र अनाथालय, शारीरिक र मानसिक रूपमा विकलांग (अक्षम) लाई सहायता पुर्याउन।
३) सामाजिक विक्रृतीहरू रोक्न र जागरूकता जगाउने कार्यक्रमहरुको प्रोत्साहन गर्न।
४) संगीत, कला, साहित्य, संस्कृति, परम्परा र धर्मको संरक्षण र संवर्धन प्रोत्साहन गर्न।
५) नवीकरणीय उर्जा (जलविद्युत, शौर्य, वायु), पर्यटन, तथा वैज्ञानिक कृषि विकासका क्षेत्रहरु तथा साना व्यापार प्रोत्साहन गर्न ।
प्रचलित कानून अनुसार यस निजी गुठीको संस्थापना नेपाल सरकार, भूमिसुधार तथा मालपोत कार्यालय ले २०७७-०४-१६ मितिमा गुठी दर्ताको प्रमाणपत्र जारी गरेको छ ।
रजिष्टर्ड ठेगाना: घर न. ४६८, आइसिटिटि भवन, हात्तिसार सडक, काठमाण्डु, नेपाल
प्रारम्भिक वर्षहरू काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, र भक्तपुर सहर) मा केन्द्रित हुने भए तापनि यस गुठीका गतिविधिहरू आगामी बर्षहरूमा आवश्यक स्वीकृति लिइ साथ देशका अन्य जिल्लाहरुमा विस्तार गरिनेछ ।