आईसीटीसी द्वारा र पछिल्लो दशकहरूमा व्यक्तिगत रुपमा आईसीटीसी समूहका निर्देशक मालिकहरूले गरेका थुप्रै परोपकारी कार्यहरूको संस्थागत उत्तराधिकारीको रूपमा सन् २०२० मा स्थापना गरिएको, आईसीटीसी राम रुक्मणी परोपकारी निजि गुठी (IRRT), एक परोपकारी गुठी हो र यो गरीब, कमजोर, विपन्न, शारीरिक र मानसिकरुपले अक्षम; वृद्ध बेसहारा; टुहुरा, विपन्न बालिका; अनुसूचित जाति, दलित जस्ता पिछडिएका वर्ग जो धेरै गरीब छन्; घरेलु दुर्व्यवहार र हिंसाको शिकारमा परेका विशेषत: महिला र बच्चाहरू; टर्मिनल बिरामीका पीडितहरू जो सबैभन्दा आधारभूत स्वास्थ्य सेवाको खर्च उठाउन सक्दैनन्, आदि लाई सहयोग प्रदान गर्ने कुरामा यो गुठी केन्द्रित छ।
यस गुठीको नाम आईसीटीसी ग्रुप अफ कम्पनीका संस्थापक श्री रामलाल श्रेष्ठ र उनका श्रीमती रुक्मणी देवी श्रेष्ठको सम्मानमा राखिएको हो । श्री रामलाल श्रेष्ठले सफलतापूर्वक नेतृत्व गर्दै कम्पनीलाई एउटा सानो स्टेशनरी पसलबाट अहिले नेपालको एउटा ठूलो व्यावासायिक घरानामा परिणत गर्न सफल भएका हुन् ।
यस समुह विश्वास गर्दछ कि कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) व्यवसायको बृद्धि जत्तिकै महत्वपूर्ण छ; र यसैले आईसीटीसी राम रुक्मणी परोपकारी निजि गुठीको संस्थापना समूह कम्पनीहरु / मालिकहरु / निर्देशकहरुबाट कर्पोरेट सामाजिक उत्तरदायित्वका गतिविधि संस्थागत गर्न एक महत्त्वपूर्ण कदम हो ।
यस गुठीमा आईसीटीसी समुहका विभिन्न कम्पनीहरूका मालिक/निर्देशकहरूको सक्रिय सहभागिता रहेको छ।