यस गुठी मुलत: (अनुक्रमिक क्रममा) यि प्राथमिकता क्षेत्रहरु मा कार्यरत रहनेछ ।
हाम्रा गतिविधिहरु:
हाम्रा गतिविधिहरु:
जीवित रहन दैनिकि छाक टार्ने, एक सरो कपडा जुटाउने या कुनै किसिमले छत मुनि बसोबास गर्ने जस्ता आधारभूत आवश्यकता समेत को लागि श्रोत साधन नभएका - रोटी, कपडा, मकान जस्ता आधारभुत आवश्यकताका चरम समस्या ले चरम निर्धन तथा विपन्नीबाट बाट पीडित लाई सहयोग ।
भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक आपतकालको समयमा समाज र सरकारलाई सहयोग ।
संगीत, कला, साहित्य, संस्कृति, धर्म र परम्परा को संरक्षण र संवर्धन मा कार्यरत एक वा दुई प्रमुख व्यक्तिलाई पुरस्कृत गर्न
नवीकरणीय उर्जा (जलविद्युत, सौर्य, वायु), पर्यटन, तथा कृषि विकास का क्षेत्रहरुमा दिगो विकासको चेतना प्रबर्द्धन गर्ने एक वा दुई प्रमुख व्यक्तिलाई पुरस्कृत गर्न ।
निम्न आय भएका विपन्न उद्यमीहरुलाई सहयोग ।
सामाजिक जागरूकता
सामाजिक कुरिती तथा बिसंङ्गगतिहरू रोक्न र जागरूकता जगाउने कार्यक्रमहरु