धेरै सोधिने प्रश्नहरु

  • आवेदन लिखित रूपमा आवेदन फारममा अंग्रेजी अथवा नेपालीमा दिनु पर्नेछ।
  • सबै आवेदन फारमहरू सँग आवश्यक कागजातहरू संलग्न गर्नुपर्दछ; सबै आवश्यक कागजातहरू पेश नभएसम्म आवेदन उपर विचार गरिनेछैन
  • आवश्यक कागजातहरूको विवरण आवेदन फारममा छन् ।
  • पूर्ण आवेदन IRRT@ictc.com.np मा इमेल मार्फत वा प्रिन्ट फारमहरूमा निर्धारित ढाँचामा हात्तीसार स्थित यस गुठीको कार्यालयमा बुझाउनु पर्दछ।
  • (तल सूचीबद्ध) लाभकर्ताको योग्यता
  • गुठियारहरूले प्रस्तुत गरेका विभिन्न रकम र अवधिका परियोजनाहरू उपर विचार गर्नेछन् । १ बर्ष भन्दा लामो समयका लागि परियोजनाहरू समर्थित हुँदैनन् ।
  • यस गुठीले परिस्थिति हेरी लामो अवधि वा दोहोरिएको अनुदान लाई विचार गर्न सक्नेछ।

यस गुठी बाट सहायता प्राप्त गर्ने लाभार्थीहरूको प्राथमिकता क्रमबद्ध क्रम

  • निर्धनमा सबैभन्दा निर्धन, कमजोरमा सब भन्दा कमजोर, आदि । अति विपन्न वर्गको विपन्न लाई ।
  • शारीरिक र मानसिक रूपमा विकलांग - अक्षम
  • वृद्ध बेसहारा (८० बर्ष भन्दा माथि उमेरका)
  • अनाथहरू
  • पिछडिएका बालिका
  • अनुसूचित जाति, पिछडिएको वर्गहरु जस्तै कि दलित जो धेरै निर्धन छन्
  • घरेलु दुर्व्यवहार र हिंसाको शिकारमा परेकाहरु विशेषतस् महिला र बालबालिकारू
  • टर्मिनल बिरामीका पीडित जो आधारभूत स्वास्थ्य सेवाको खर्च पनि जुटाउन सक्दैनन् (Victims of Terminal Illness)
नोट: माथि सूचिकृत क्षेत्ररलाभार्थीहरु को सूचिमा माथिल्लो क्रममा परेकाहरुको क्रमबद्ध प्राथमिकता हुनेछ ।

निम्न लिखित व्यक्ति, संगठनहरू यस गुठीबाट परोपकारी सहयोगका लागि योग्य हुने छैनन्ः

  • हत्या, यौन अपराध, चोरी, भ्रष्टाचार, वित्तीय ठगी, इत्यादिमा सजाय पाएका अपराधीहरू जस्तै व्यक्ति र।वा संगठनहरू
  • आतंकवादी संगठन र आतंकवादी (राज्य घोषित),
  • राजनीतिक दल, राजनीतिज्ञ,
  • यस गुठी को परोपकारी सहायता कुनै पनि व्यक्ति वा संगठनहरू प्रदान गर्न कुनै पनि प्रकारको अनुचित दबाब प्रयोग गर्ने व्यक्ति वा संगठनहरू,
  • विगतमा यस गुठी कोषको दुरुपयोग गरेका वा यस गुठी बाट प्राप्त परोपकारीको स्वीकार्य प्रमाणित लेखा प्रतिवेदन पेश नगरेका व्यक्ति वा संगठनहरू,
  • विगतमा यस गुठी परोपकारी रकम लिन आवश्यक योग्यता पूरा नगरेका व्यक्ति वा संगठनहरू,
  • अन्य राष्ट्रिय वा विदेशी परोपकारी र सहयोगी संस्थाहरूको कोष दुरुपयोग गरेका व्यक्ति वा संगठनहरू,
  • नेपाल सरकारद्वारा परोपकारी सहायता प्राप्त गर्न बन्देज रहेका व्यक्ति र संगठनहरू।
  • यस गुठी वा समान अन्य परोपकारी संस्थाहरूको परोपकारी सहयोग आवश्यक नपर्ने धनी र सुविधा सम्पन्न व्यक्तिहरू र संगठनहरू,
  • यस गुठी वा यसका गुठीयारहरू वा आमन्त्रित गुठीयारहरू वा यी गुठीयारहरू र आमन्त्रित गुठीयारहरूको पर्याप्त शेयर रहेको कम्पनी बिरूद्ध कुनै मुद्दा दायर गरेको वा कानुनी कारबाही चलाएका व्यक्तिहरू र संगठनहरू,
  • गुठीयारहरू र आमन्त्रित गुठीयारहरू वा उनीहरूको व्यवसायमा वैमनस्यता राख्ने वा मित्रवत व्यवहार नगर्ने वा कुभलो चिताउने व्यक्ति वा संगठनहरु
  • सुविधाभोगी र असाधारण परियोजनाहरू
नोटः यस गुठी को परोपकारी सहायता प्राप्त गर्न योग्य भए नभएको सम्बन्धमा यस गुठीको सञ्चालक समितिले गर्ने निर्णय नै अन्तिम हुनेछ।

आवेदनको समय सीमा छैन ।

प्राप्त आवेदनहरु उपर समीक्षा तथा अनुमोदन गर्न गुठियारहरु नियमित रूपमा भेट्छन् । तर तपाइलाई यि बैठकहरुको समय मिल्ने गरी आफ्नो आवेदन दिनु पर्ने आवश्यकता भने छैन ।

हरेक आवेदन प्राप्तिको सूचना एक महीना भित्र दिने लक्ष्य राखेका छौं ।

यदि तपाइको प्रस्ताव यस गुठीको सहयोग मापदंड लाइ पूरा गर्न सक्दैन भने पनि हामी तपाइलाई खबर गर्नेछौं।

सबै योग्य आवदेनहरु का मूल्यांकन गरिनेछ तथा हामी तपाइको प्रस्ताव उपर अरू जानकारी लिन तपाइलाई संपर्क गर्न सक्छौं ।

गुठीयारहरुले पहिलो उपलब्ध बैठक मा तपाइको आवेदन को समीक्षा गर्नेछ ।

तपाइको आवेदन उपर विचार गरिएको बैठक को ४ हप्ता भित्र

तपाइको आवेदन को स्थिति बारे हामी तपाइलाई अध्यावधिक गर्नेछौं ।

  • यदि कोषको अभावले गर्दा यस गुठीले तपाइको आवेदनलाई स्विकार्न असमर्थ रहेको खण्डमा तपाइ कुनै पनि समय फेरि आवेदन राख्न सक्नुहुनेछ ।
  • यदि तपाइले दिएको आवेदन पत्र यस गुठीको मापदंड अनुसार नभएको कारणले अस्वीकृत भएको खण्डमा सोहि आवदेनको लागि कृपया पुनः आवेदन नदिनुहोला ।
  • यदि तपाइको एउटा परियोजनाको लागि आवेदन अस्वीकृत भएको छ भने, तपाइले कुनै पनि समय कुनै पनि अन्य परियोजना को सहयोगको लागि आवेदन राख्न सक्नुहुन्छ ।
  • यदि तपाईको परियोजना ले पहिला सहयोग प्राप्त गरिसकेको छ भने, तपाइले पहिलाको सहयोगको शुरु भएको १२ महिना पछि अरु सहयोगको लागि आवेदन गर्न सक्नुहुन्छ, यद्यपि गुठीयाहरुले विभिन्न पहलहरूको लागि अन्य उपयुक्त प्रस्तावहरू प्राप्त गरेको खण्डमा तपाईंको प्रस्ताव प्राथमिकतामा नपर्ने पनि सक्दछ ।
  • परियोजनाको सहायता समाप्त हुनु कम्तिमा पनि ६ महिना अघि लिखित रूप मा वर्तमान अनुदान को विस्तार गर्न तपाइले यस गुठीमा आवेदन राख्न सक्नुहुन्छ ।
  • कृपया अयोग्यता अनुभाग पनि पढ़नुहोला।

यदि सहयोगको को लागि तपाइको आवेदन सफल हुन्छ भने, तपाइको परियोजनाको प्रगति गुठीयारहरुलाइ अध्यावधिक गर्न अनुदान को प्रत्येक वर्ष एक प्रगति रिपोर्ट पुरा गर्नुपर्नेछ । बहुवर्षीय परियोजना का लागि, तपाइले ६-६ महिनामा अध्यावधिक गर्ने पर्नेछ । अनुदान निर्धारित गर्दा रिपोर्टिंग अनुसूची को विवरण स्पष्ट गरिनेछ ।

img img

प्राथमिकता क्षेत्रहरू

थप जानकारी
img img

अनलाइन आवेदन

थप जानकारी
img img

समझौताको मसौदा

थप जानकारी

परियोजना लेखा परीक्षा

सहायताको पुष्टीकरण

सम्झौताको मसौदासहित लाभार्थी लाई साथ ईमेल गरिनेछ, तथा लाभार्थीले सो सम्झौतामा हस्ताक्षर गरि (अनलाइन या ईमेल मार्फत) यस गुठीमा पठाउनेछ ।

हस्ताक्षरित सम्झौता

लाभार्थी लाई ईमेल गरिनेछ

परियोजना लेखा परीक्षा

दिएको समय अवधि सम्म र परियोजना पूरा नभएसम्म प्रोजेक्ट-इन्चार्ज लाई देखिने ।