p

शिक्षा

स्वास्थ्य सेवा र सरसफाइ

कला तथा संस्कृति

जिविकोपार्जन - नितान्त निर्धन तथा विपन्न

उर्जा, पर्यटन तथा कृषि

प्रकोप राहत

साना व्यवसायीहरुलाई सहयोग

सहयोगका अन्य क्षेत्रहरु

आईसीटीसी द्वारा र पछिल्लो दशकहरूमा व्यक्तिगत रुपमा आईसीटीसी समूहका निर्देशक मालिकहरूले गरेका थुप्रै परोपकारी कार्यहरूको संस्थागत उत्तराधिकारीको रूपमा सन् २०२० मा स्थापना गरिएको, आईसीटीसी राम रुक्मणी परोपकारी निजि गुठी (IRRT), एक परोपकारी गुठी हो र यो गरीब, कमजोर, विपन्न, शारीरिक र मानसिकरुपले अक्षम; वृद्ध बेसहारा; टुहुरा, विपन्न बालिका; अनुसूचित जाति, दलित जस्ता पिछडिएका वर्ग जो धेरै गरीब छन्; घरेलु दुर्व्यवहार र हिंसाको शिकारमा परेका विशेषत: महिला र बच्चाहरू; टर्मिनल बिरामीका पीडितहरू जो सबैभन्दा आधारभूत स्वास्थ्य सेवाको खर्च उठाउन सक्दैनन्, आदि लाई सहयोग प्रदान गर्ने कुरामा यो गुठी केन्द्रित छ।

यस गुठीको नाम आईसीटीसी ग्रुप अफ कम्पनीका संस्थापक श्री रामलाल श्रेष्ठ र उनका श्रीमती रुक्मणी देवी श्रेष्ठको सम्मानमा राखिएको हो । श्री रामलाल श्रेष्ठले सफलतापूर्वक नेतृत्व गर्दै कम्पनीलाई एउटा सानो स्टेशनरी पसलबाट अहिले नेपालको एउटा ठूलो व्यावासायिक घरानामा परिणत गर्न सफल भएका हुन् ।

यस समुह विश्वास गर्दछ कि कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) व्यवसायको बृद्धि जत्तिकै महत्वपूर्ण छ; र यसैले आईसीटीसी राम रुक्मणी परोपकारी निजि गुठीको संस्थापना समूह कम्पनीहरु / मालिकहरु / निर्देशकहरुबाट कर्पोरेट सामाजिक उत्तरदायित्वका गतिविधि संस्थागत गर्न एक महत्त्वपूर्ण कदम हो ।

यस गुठीमा आईसीटीसी समुहका विभिन्न कम्पनीहरूका मालिक/निर्देशकहरूको सक्रिय सहभागिता रहेको छ।

यस गुठी मुलत: यि प्राथमिकता क्षेत्रहरु मा कार्यरत रहनेछ(अनुक्रमिक क्रममा)
  • शिक्षा

  • स्वास्थ्य सेवा र सरसफाइ

  • र्नितान्त गरिब लाइ सहायता

  • वृद्धाश्रम, अनाथालय, तथा धार्मिक स्थल का लागि सहायता

  • सामाजिक कुरिति तथा बिसंङ्गगतिहरू रोक्न र जागरूकता जगाउने कार्यक्रमहरु का लागि सहायता

  • भूकम्प, बाढी, भूक्षय जस्ता प्राकृतिक आपतकालको समयमा सहयोग

  • संगीत, कला, साहित्य, संस्कृति, धर्म र परम्परा को संरक्षण र संवर्धन मा कार्यरत एक वा दुई प्रमुख व्यक्तिलाई पुरस्कृत गर्ने

  • नवीकरणीय उर्जा (जलविद्युत, सौर्य, वायु), पर्यटन, तथा कृषि विकास का क्षेत्रहरुमा दिगो विकासको चेतना प्रबर्द्धन गर्ने एक वा दुई प्रमुख व्यक्तिलाई पुरस्कृत गर्ने

  • साना व्यवसायीहरुलाई सहयोग - कुनै पनि वित्तिय श्रोतहरु को पहुँच नभएका योग्य गरीब उद्यमीहरु का लागि सहयोग।

कार्यक्षेत्र

प्रारम्भिक वर्षहरू काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, र भक्तपुर सहर) मा केन्द्रित हुने भए तापनि यस गुठीका गतिविधिहरू आगामी बर्षहरूमा आवश्यक स्वीकृतिका साथ बाहिरका क्षेत्रहरूमा विस्तार हुनेछन् ।